Lyrics Timed, click a line to jump
अल्लारे, हो, भन्छन् आमाबाले
मलाई अल्लारे भन्छन् आमाबाले
यहाँ shirt, pant लाए असल रे, jeans लगाए ट्यापे
के गर्नु? बाटोमै धूलो छ, आँखा रसाए झ्यापे रे
सरकारी जागिर खाए ठूलो रे, कसरी बाल्छस् घरको चुलो? रे
आफ्नो सपना सबै बिर्सिदे, संसार गिद्धैगिद्धको हुल हो रे
अल्लारे, हो, भन्छन् आमाबाले
मलाई अल्लारे भन्छन् आमाबाले
यो नगर्, अरूले खै के-के, के-के भन्छन् रे
यो अरू भन्या को हो सोधी हेरेँ, फेरि त्यही जाबो समाज रे
अब अरूको इज्जत बचाउन त जन्मेको होइन म
उसको दाल, भात, तरकारी चोरेर पनि खाको छैन
तर अल्लारे, हो, भन्छन् आमाबाले
मलाई अल्लारे, हो, भन्छन् आमाबाले
सबैको आफ्नै-आफ्नै पहिचान
गर्दै छु, तिमी किन हैरान?
अलि भिन्न सोचको परेँ म
त्यसैले अल्लारे, हैन म अल्लारे
अल्लारे, हो, भन्छन् आमाबाले
अल्लारे भन्छन् आमाबाले
मलाई अल्लारे, हैन म अल्लारे