MyLyricsFinder

Baalaapan

The Elements

00:35.66 “आफ्नो मनलाई मान्ने दिन गन्थेँ”

Lyrics Timed, click a line to jump

सानो छँदा दिन आउँछ भन्थेँ
आफ्नो मनलाई मान्ने दिन गन्थेँ
जिन्दगी देखिसकेकाले
सिकाएका पाठ अवलोकन गर्थेँ
बढ्दो बखतले सिकायो
जीवनले अनुभूति दिलायो
जोगाएर राखिदेऊ बालापन
कैयौँ ऋतु कटे, कैयौँ साल बिते
खाली आको, केही नलिएर जाने
मुटु धकधकाउने गरी, मुहार जगमगाउने गरी
हृदयको खबर लिएको कहिले?
के कमायो, के गुमायो? केही हरायो, केही भेटायो
मन यो मेरो उतै रमायो अहिले
जगतलाई झस्काउने हो कि जानेको नजान्दिने हो?
अन्त्यको डरलाई बिदा गरेँ मैले
बढ्दो बखतले सिकायो (सिकायो)
जीवनले अनुभूति दिलायो (दिलायो)
जोगाएर राखिदेऊ...
सानो छँदा दिन आउँछ भन्थेँ
आफ्नो मनलाई मान्ने...
जिन्दगी देखिसकेकाले
सिकाएका पाठ अवलोकन गर्थेँ
सानो छँदा दिन आउँछ भन्थेँ
लुकाएर राखिदेऊ बालापन